सुनिल थापा मगरको नयाँ गीत ‘मुटुको छेउमा’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र गायिका सलिना बिकको स्वरमा नयाँ गीत ‘मुटुको छेउमा’ सार्वजनिक भएको छ ।

सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

प्रेम, आत्मीयता र भावनात्मक उतारचढावलाई केन्द्रमा राखेर तयार गरिएको गीतका शब्द एनिस एन्जल राईले लेख्नुभएको हो ।

गीतमा खेम सारु मगरको संगीत रहेको छ भने विशाल निरौलाले संगीत संयोजन गर्नुभएको छ ।

गीतको रेकर्डिङ ज्ञानेन्द्र गिरिले ड्रिम्स रेकर्डिङ स्टुडियोमा गर्नुभएको हो । मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गर्नुभएको छ ।

गीतको भिडियो मकवानपुरका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ। भिडियोमा गायक एनिस एन्जल राईसँगै मनिला रानाको अभिनय रहेको छ ।

भुपेन्द्र रिखाम मगरले नृत्य निर्देशन गरेको भिडियोमा सन्जोक श्रेष्ठले छायाङ्कन तथा ड्रोन सञ्चालन गर्नुभएको छ ।

निर्माण व्यवस्थापन रोगेस राना मगर र सुनिल थापा मगरले गर्नुभएको हो भने शृङ्गार प्रिया मगरको रहेको छ ।

भिडियोको निर्देशन, सम्पादन तथा रङ संयोजन एकान्त मगरले गर्नुभएको छ ।

सार्वजनिक भएको ‘मुटुको छेउमा’ ले प्रेमका भावनासँगै समकालीन युवा पुस्ताको संवेदनालाई पनि अभिव्यक्त गर्ने प्रयास गरेको छ ।

शब्द, संगीत, स्वर र दृश्य प्रस्तुतिको संयोजनका कारण गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया बटुलिरहेको निर्माण पक्षले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top