बिष्णु माझीको तिजगीत ‘म त नराउरी’ एक दिनमै १६ लाखले हेरे

काठमाडौँ- लोकप्रिय गायिका बिष्णु माझीको तिजगीत ‘म त नराउरी’ रिलिज भएको एक दिनमै १६ लाखले हेरेका छन्।

२४ घन्टामा यो गीतले १६ लाख ४३ हजारभन्दा बढी भ्यूज पाएको छ।

यो गीत ‘पुलतीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो। हरेक वर्ष तीज नजिकिँदै गर्दा उनका प्रशंसकहरु उनको गीतको प्रतीक्षामा हुन्छन्।

‘म त नराउरी’ गीतका रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी हुन्। गीतमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने ६० जनाभन्दा बढी कोरस कलाकार एकसाथ नाचेका नाचेका छ्न्

यसवर्ष पनि बिष्णु माझीको तिजगीतमा गत वर्षकै मोडल ललिता पौडेल छिन्। गत वर्षको ‘आइनँ आमा यो तीजमा’, ०८० सालको ‘बलमा’ मा पनि मौसमकै कोरियोग्राफी थियो। त्यसअघि भने विष्णु माझीका धेरै गीत शिव विकले कोरियोग्राफी गरेका थिए।

उनले दुई दशक अघिदेखि ‘पुतलीको भट्टी’ नाममा हरेक वर्ष यसको नयाँ भाग ल्याउँदै आइरहेकी हुन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top