शान्तिश्री परियारले नचाइन स्वीडेनका नेपाली

बार्सिलोना । चर्चित गायिका शान्ति श्री परियारले स्वीडेनका नेपालीलाई तीजको संगीतमा झुमाएकी छिन् । हरितालिका तीजको अवसरमा स्टकहोम र गोथेनबर्गमा आयोजित भव्य कार्यक्रममा उनले आफ्ना दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गर्दै उपस्थित नेपाली समुदायलाई नचाइन् ।
एनआरएनए स्वीडेनको आयोजनामा स्टकहोममा शुक्रबार र गोथेनबर्गमा शनिबार सम्पन्न कार्यक्रमलाई तीजको उल्लासमय वातावरणले सजाएको थियो । कार्यक्रमलाई अझ आकर्षक बनाउन ‘तीज क्विन कन्टेस्ट २०२५’ आयोजना गरिएको थियो । प्रतियोगितामा स्टकहोमबाट १५ र गोथेनबर्गबाट ११ जना महिलाले सहभागिता जनाए ।
कार्यक्रममा स्थानीय कलाकारहरूले पनि मनमोहक प्रस्तुति दिए । स्टकहोममा सलिना पोखरेल, आद्वी थपलिया, रेजिना न्यौपाने, करिना अधिकारी, सदिक्षा पौडेल, प्रबिना खड्का, बिहानी रावल, सुधा कडेल, प्रतिभा राउत र आरुष थापालियाले प्रस्तुति दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top