उज्बेकिस्तानको विश्वविद्यालय उपकुलपतिमा नेपाली नागरिक

डाक्टर पढ्न रसिया गएका नेपालका किशन भण्डारी उज्बेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीमा उपकुलपति बनेका छन्।

यसअघि उनी विश्वविद्यालयको मेडिकल शिक्षातर्फको डीन थिए।

‘प्राप्त जनकारी अनुसार उनको नियुक्ति शनिवार मात्र भएको हो। उनले सोमबारदेखि काम सुरु गर्नेछन्।

विश्वविद्यालयको गुणस्तर उकास्नेदेखि यसलाई अन्तर्राष्ट्रिय स्तरमा अझै माथि पुर्‍याउने उनको भूमिका रहने बताए।

भण्डारी अनुसार विश्वविद्यालयमा मेडिकलसँगै आइटी, बिजनेस र व्यवस्थापनसहित ९० वटा कार्यक्रम हुँदा ३३ हजार विद्यार्थी अध्ययनरत छन्।

सन् २००९ मा छात्रवृत्तिमार्फत एमबिबिएस पढ्न रुस पुगेका भण्डारीले सन् २०१३ मा एमबिबिएस सकेर मस्कोबाट किर्गिस्तान गए।

किर्गिस्तानको जलालाबादमा रहेको स्टेट मेडिकल इन्स्टिच्युटबाट न्युरोसर्जरी र जनस्वास्थ्यमा स्नातकोत्तर गरेका उनले केही समय त्यहीँ काम गरे।

उनी त्यहाँ सहायक डीनसम्म भएका थिए।

तीन वर्षदेखि भने उनी उज्बेकिस्तानको बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा डीन थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top