जेनजी आन्दोलनमा निजी क्षेत्रको क्षति ८८ अर्ब

काठमाडौं । जेनजी आन्दोलनमा निजी क्षेत्रमा ८८ अर्ब बराबरको क्षति भएकाे छ । शनिबार आयाेजित “राष्ट्रिय आर्थिक बहस” कार्यक्रममा बाेल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्तो बताएका हुन् ।

उनका अनुसार आन्दोलनले निजी क्षेत्रको भौतिक क्षति मात्रै ४८ अर्बको भएको छ ।

कार्यक्रममा बाेल्दै उनले भने, “हरेक आन्दोलनमा निजी क्षेत्र तार्गेटमा पर्छ । जेन्जी आन्दोलनमा देशभर निजी क्षेत्रको अर्बौंको क्षति भएको छ । देशमा व्यवसाय गर्नुलाई अपराधको रुपमा चित्रित गरिएको छ । देशमा रोजगारी दिनु र राजस्व तिर्नु देशकै लागि महत्त्वपूर्ण काम होईनर ?”

उनले सरकारले निजी क्षेत्रलाई व्यवसायको सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top