दमौली । व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । सामाजिक अभियानकर्मी सुदीप गफ्फारको नेतृत्वमा विपन्न चेपाङ समुदायलाई शनिबार न्यानो कपडा वितरण गरिएको हो ।
गफ्फारले सञ्चालन गरेको कपडा बैंकमार्फत यहाँका ४२ घरपरिवारका चेपाङ समुदायलाई २५ हजार रुपैयाँ बराबरको कपडा सहयोग गरिएको छ । न्यानो कपडा अभियानअन्तर्गत तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट नयाँ कपडा र शुभेच्छुकबाट प्राप्त लगाउन योग्य कपडा मिलाएर विपन्न समुदायलाई कपडा सहयोग गरिएको उनले बताए ।
उनले भने “अन्य ठाउँका अति आवश्यकता भएका समुदायलाई कपडा बैंकमार्फत न्यानो कपडा सहयोग गर्नेछौँ ।”






