काठमाडौं, २९ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको को सरुवा भएको छ। विभागको नेतृत्व सम्हालेको ६ महिना नपुग्दै दहाललाई राष्ट्रिय समावेशी आयोगमा सरुवा भएको हो।
महानिर्देशक दहालले बजार अनुगमनलाई तीव्र बनाउँदै एमआरपी (अधिकतम खुद्रा मूल्य) कार्यान्वयनमा कडाइका साथ काम गरिरहेका थिए। उपभोक्ता संरक्षणका पक्षमा कडा अडान लिँदै आएका दाहालको यति छिटो सरुवाले सरोकारवालाहरूमा चासो र चर्चा उत्पन्न गरेको छ।
दहालको कार्यकालमा विभागले बजारमा व्यापक अनुगमन गर्दै मूल्य सूचीकन, म्याद गुज्रिएका सामानको बिक्री, तौलमा कमीकमजोरी तथा एमआरपी उल्लंघन गर्ने व्यापारीहरूविरुद्ध निरन्तर कारबाही गर्दै आएको थियो।






