एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । बैठकमा पार्टीका वरिष्ठ नेता वामदेव गौतमको जिम्मेवारी, नेतृ रामकुमारी झाँक्रीको आत्मसमीक्षाबारे निर्णय लिइने बताइएको छ ।

साथै समसामयिक, राजनीतिक विषयहरुमा पनि छलफल हुनेछ । नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकताका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top