बालेनलाई एमाले सांसद घतानीको सुझाव : ‘फेसबुकबाट होइन, संविधानबाट देश चलाऊ

pmbalen

काठमाडौं । एमाले संसदीय दलकी सचेतक नीता घतानीले प्रधानमन्त्री बालेनलाई देश सामाजिक सञ्जालको पहुँचबाट नभई संविधान र राज्यका संस्थाबाट चलाउन सुझाव दिएकी छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै घतानीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफूहरू सदनका प्रतिपक्षी भए पनि नेपालको विपक्षी नभएको स्पष्ट पारिन्।

नेपालको भूगोल, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा आफूहरू मौन बस्न नसक्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीले विवादित अभिव्यक्ति सच्याउनुपर्ने र उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरिन्।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा आधिकारिक सरकारी सञ्चार माध्यमको सट्टा फेसबुक प्रयोग गरेको विषयमा समेत घतानीले प्रश्न उठाइन्।

‘देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यका संस्थाले चलाउनुपर्छ,’ उनले जोड दिइन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top