ग्यासको हाहाकारबारे प्रधानमन्त्रीलाई थाहा नहुन सक्छः सांसद शर्मा

gas hahakar

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले मङलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)  ‘गुप्तवासमा’ रहेको भन्दै व्यंग्य गरेका छन्।

शर्माले देशमा ग्यासको हाहाकार भइरहे पनि प्रधानमन्त्रीलाई त्यसबारे जानकारी नहुन नसक्ने टिप्पणी गरे।

उनले अहिले देशमा ग्यासको हाहाकार भएको छ । प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ । उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ,’ भन्दै व्यंग्य गरे।

शर्माले ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

त्यस्तै, संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसकेको विषयमा पनि उनले प्रश्न उठाए। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे अहिलेसम्म स्पष्ट जवाफ वा स्पष्टीकरण नआएको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराएका छन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top