काठमाडौं । वर्षायाममा पर्याप्त पानीका कारण जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न सक्ने भए पनि प्रसारण लाइन र ग्रिडको समस्या देखाउँदै नेपाल विद्युत् प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ।
अपर राहुघाट, चिमखोला राहुघाट मंगले, सान्जेन, करुवा सेती र मिडल मोदीलगायत आयोजनाबाट क्षमताभन्दा निकै कम विद्युत् उत्पादन भइरहेको छ।
यसबीच एलपी ग्यासको अभाव र पेट्रोलियम पदार्थको मूल्य बढिरहेका बेला आन्तरिक विद्युत् खपत बढाउन सरकार उदासीन भएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन्।
पूर्वसचिव कृष्णहरि बास्कोटाले प्रसारण लाइन तथा ट्रान्सफर्मरको क्षमता विस्तार गरी उद्योग र विद्युतीय सवारीसाधनमा विद्युत् खपत बढाउनुपर्ने बताएका छन्।
निजी ऊर्जा उत्पादकहरूले पनि प्रसारण पूर्वाधार विस्तार र विद्युत् व्यापारका वैकल्पिक बजार खोल्न सरकारसँग माग गरेका छन्।






