हलेसी डेकोरले लागू गर्यो डिजिटल बिलिङ प्रणाली

काठमाडौं । हलेसी डेकोरले अब आफ्नो सबै कारोबारमा डिजिटल बिलिङ प्रणाली लागू गरेको छ । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सेवा दिँदै आएको संस्थाले डिजिटल प्रणालीमार्फत ग्राहकलाई पारदर्शी, छिटो र विश्वासिलो सेवा दिने उद्देश्यसहित नयाँ प्रणालीको सुरुवात गरेको जनाएको छ ।

कम्पनीका अनुसार अबबाट सबै सामान खरिदमा डिजिटल बिलको सुविधा उपलब्ध हुनेछ ।

‘व्यापारमा पारदर्शिता हाम्रो पहिचान हो । डिजिटल प्रणालीले हाम्रो सेवा अझ प्रभावकारी र ग्राहकमैत्री बनाउनेछ,’ हलेसी डेकोरले भनेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top