बजारमा सुन अभाव भएपछि राष्ट्र बैंकले बढायो कोटा, दैनिक २५ किलो आयात गर्न पाइने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण २५ किलो बनाएको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण २० किलोबाट २५ किलो बनाएको हो ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र २०८१ को शंसोधन गरी सुन आयातको दैनिक परिमाण बढाएकाे हाे

राष्ट्र बैंकले तोकेको दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी वाणिज्य बैंकहरूले सुन आयात गर्न सक्नेछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top