काठमाडौं, १ भदौ । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपमा दिइने ब्याजदर झनै घटेको छ। साउनको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवै प्रकारका मुद्दति निक्षेपमा औसत ब्याजदर कमी आएको हो।
नेपालका २० वाणिज्य बैंकमध्ये ८ बैंकहरूले भदौ महिनाका लागि ब्याजदर घटाएका छन् भने मात्र एक बैंकले ब्याजदर बढाएको छ। साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५.६९ प्रतिशत रहेकोमा भदौमा घटेर ५.५७ प्रतिशतमा झरेको छ।
भदौ महिनामा ब्याजदर घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक रहेका छन्। ब्याजदर बढाउने एक मात्र बैंक प्रभु बैंक रहेको छ। प्रभु बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १.१ प्रतिशतविन्दुले ब्याज बढाएर ५.३५ प्रतिशत पुर्याएको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा साउनमा ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेकोमा भदौमा यो दर घटेर ५.१३ प्रतिशतमा झरेको छ। यसले १.१३ प्रतिशतविन्दुको गिरावट दर्शाउँछ। भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया बैंक बनेको छ। यस बैंकले ६.२५ प्रतिशतसम्म ब्याज दिनेछ । उक्त ब्याजदर साउन महिनाकै दर हो।
त्यस्तै, व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको रहेको छ । उक्त बैंकले अधिकतम ५ प्रतिशत ब्याज दिने जनाएको छ।
हेर्नुस् कुन बैंकको कति:
| बैंक | साउनको ब्याजदर प्रतिशतमा | भदौको ब्याजदर प्रतिशतमा |
| एनआईसी एसिया | ६.२५ | ६.२५ |
| माछापुच्छ्रे | ६ | ६ |
| ग्लोबल आईएमई | ६ | ६ |
| प्राइम कमर्सियल | ६ | ६ |
| हिमालयन | ६ | ६ |
| एनएमबी | ६ | ६ |
| एभरेस्ट | ६.२५ | ५.७५ |
| सानिमा | ६.१८ | ५.७५ |
| प्रभु | ४.२५ | ५.३५ |
| नेपाल एसबीआई | ५.३५ | ५.२५ |
| इन्भेस्टमेन्ट मेगा | ५.२५ | ५.२५ |
| कुमारी | ५.४१ | ५.२१ |
| स्टान्डर्ड चार्टर्ड | ६.२६ | ५.१३ |
| सिटिजन्स | ५.५ | ५.५ |
| सिद्धार्थ | ५.७५ | ५.५ |
| नबिल | ५.५ | ५.५ |
| राष्ट्रिय वाणिज्य | ५.५ | ५.५ |
| नेपाल | ५.४ | ५.४ |
| कृषि विकास | ५.४ | ५.२ |
| लक्ष्मी सनराइज | ५.५ | ५ |





