काठमाडौं । दशैंपछि खुलेको सेयर बजारमा पहिलो दिनमै उच्च अंकको गिरावट आएको छ । बजार मापक परिसूचक नेप्से मंगलबार ५८.५५ अंकले घटेर २६०४ को बिन्दुमा झरेको छ ।
मंगलबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस दिन १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ । नेप्सेका सबै १३ उपसमूहका सूचक घटेका छन् ।






