काठमाडौं । जेनजी आन्दोलनमा क्षति भएको कारण बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ ।
आन्दोलनका कारण तोडफोड र आगजनीका कारण क्षति पुगेपछि बन्द रहेको केबलकार पुनः निर्माण पश्चात् शनिबार देखि सञ्चालन ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।
केबलकार यही कात्तिक २२ गते शनिबारबाट फेरि सञ्चालनमा आउन लागेको छ ।






