काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजनीतिक अस्थिरताको चक्र अन्त्य भएसँगै समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको दाबी गरेका छन् ।
शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा पुगेको दाबी दाबी गरेका हुन् ।
उनले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, विदेशी विनिमय सञ्चिति सुदृढ अवस्थामा रहेको तथा स्वच्छ ऊर्जा र प्रविधि क्षेत्रमा नेपालसँग ठुलो सम्भावना रहेको उल्लेख गरे । उनले मुलुक अहिले बृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा पुगेको दाबी पनि गरे ।
उनले भने ‘मुलुक अहिले बृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ । अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन् । सुदृद्ध आर्थिक विनिमय सत्तिचतिसहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ । स्वच्छ ऊर्जा उत्पादन र प्रविधिमा विशाल सम्भावना छन् ।’
आर्थिक सुधार, लगानी प्रवर्द्धन र उत्पादनमुखी क्षेत्र विस्तारमा सरकार केन्द्रित रहेको उनको भनाइ छ ।






