बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।

यो वृद्धिसँगै बजारमा सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आइतबार चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top