विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन पढ्दा आङ्गै सिरिङ्ग हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने बताएका झन् ।

उनले विगतमा संस्थागत कब्जादेखि नीतिगत सेटिङसम्म रहेको बताउँदै त्यसलाई तोड्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।

उनका अनुसार ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको अपवित्र सम्बन्ध अन्त्य गर्नेगरी सरकार अघि बढिरहेको छ ।

‘अर्थमन्त्रीको कुर्सीमा बसेर मैले यो देशमा भएको दोहन र लुटतन्त्रको रिपोर्टहरू पढ्दा कहिलेकाहीँ म सिरिङ्ग हुन्छु । मलाइ तपाईंहरूमध्ये धेरैलाई व्यक्तिगत रूपमा चिन्नुहोला, सँगै सामाजिक उठबस होला, तर नेपालका जनता विरुद्ध गरिएको त्यो स्तरको अपराध र लुट देख्दा म स्तब्ध हुन्छु । यो अब रोकिनुपर्छ,’ उनले  भने

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top