काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने बताएका झन् ।
उनले विगतमा संस्थागत कब्जादेखि नीतिगत सेटिङसम्म रहेको बताउँदै त्यसलाई तोड्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।
‘अर्थमन्त्रीको कुर्सीमा बसेर मैले यो देशमा भएको दोहन र लुटतन्त्रको रिपोर्टहरू पढ्दा कहिलेकाहीँ म सिरिङ्ग हुन्छु । मलाइ तपाईंहरूमध्ये धेरैलाई व्यक्तिगत रूपमा चिन्नुहोला, सँगै सामाजिक उठबस होला, तर नेपालका जनता विरुद्ध गरिएको त्यो स्तरको अपराध र लुट देख्दा म स्तब्ध हुन्छु । यो अब रोकिनुपर्छ,’ उनले भने






