काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भाइरल ज्वरो र रुघाखोकीले बिरामी परेपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।
मन्त्री लम्साल अहिले बैतडीको गोठालापानीस्थित निवास हेरिटेज होटलमा आराम गरिरहेका छन्। चिकित्सकहरूले उनलाई केही समय आराम गर्न सुझाव दिएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री लम्सालका बझाङ जानेसहितका निर्धारित कार्यक्रम प्रभावित भएका छन्।
स्वास्थ्य अवस्था र चिकित्सकको सुझावअनुसार उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको हो।






