देउवा भन्छन्– ‘न्यायालयले विगतदेखि नै न्याय दिएको छ, पूर्ण विश्वास छ

sherbdrdeuba

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूलाई पूर्ण विश्वास रहेको बताएका छन्।

कांग्रेसको संस्थापन इतर पक्षको तीनदिने राष्ट्रिय भेला समापनका क्रममा देउवाले पञ्चायतकालदेखि नै आफू र आफ्नो पार्टीले न्यायालयबाट न्याय पाउँदै आएको बताएका हुन्।

विगतमा आफूलाई राजाले थुन्दा पनि सर्वोच्च अदालतले शाही आयोग खारेज गरेको उनले स्मरण गरेका छन्।

अहिले कांग्रेसको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले न्याय पाइने अपेक्षा रहेको देउवाले बताएका छन्। साथै, विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको पनि उनले स्मरण गरेका छन्।
फरक प्रसंगमा देउवाले आफू हिन्दू धर्मावलम्बी रहेको र हिन्दू संस्कार मान्दै आएको बताएका छन्।

उनले बुद्ध धर्मसहित सबै धर्मप्रति आफ्नो सम्मान रहेको उल्लेख गर्दै कसैलाई पनि आफ्नो धर्म मान्नबाट वञ्चित गर्न नहुने धारणा व्यक्त गरेका छन्।

तीनदिने भेलाले पार्टीको आगामी १५औँ महाधिवेशनको तयारी, धार्मिक स्वतन्त्रता तथा संविधान संशोधनलगायत विभिन्न प्रस्ताव पारित गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top