एएफसी महिला च्याम्पियन लिग छनोट : एपिएफ नासाफसँग पराजित

काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ ।

सोमबार उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा भएको खेलमा एपीएफ नासाफसँग ३-० ले पराजित भएको हो । नासाफले तीनै गोल पहिलो हाफमा गरेको थियो । हारपछि एपीएफ टोलीका प्रशिक्षक चेतन घिमिरेले खेलमा कन्सनट्रेसनको कमीले गोल खान पुगेको बताए ।

गत वर्ष पनि एएफसी महिला च्याम्पियन्स लिग छनोट चरणमा एपीएफले नासाफसँग खेलेको थियो । उक्त खेलमा नासाफसँग १-० ले पराजित भएको एपीएफले यसपटक बदला लिने अवसर पाएपनि पराजित भएको हो ।

यसै समूहको अर्को खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्सले साउदी अरेबियाको अल नासेरलाई २-० ले हराएर विजयी सुरुवात गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top