अध्यक्ष हटाउन हस्ताक्षर अभियान चलाउनु स्वीकार्य हुँदैन : केपी ओली

kpsharmaoli

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजक गतिविधि र नेतृत्व परिवर्तनका नाममा चलाइने हस्ताक्षर अभियान स्वीकार्य नहुने बताएका छन्।

झापाको बिर्तामोडमा आयोजित ‘मिसन जागरण’ कार्यक्रममा बोल्दै ओलीले सामाजिक सञ्जाल तथा हस्ताक्षर अभियानमार्फत पार्टी नेतृत्व परिवर्तन गर्ने प्रयास नगर्न चेतावनी दिएका हुन्।

उनले पार्टी नेतृत्व परिवर्तन आवश्यक ठानेमा सम्बन्धित पार्टी कमिटीमा विधिसम्मत रूपमा आफ्ना कुरा राख्न सुझाव दिए।

पार्टीभित्रका विषयलाई सामाजिक सञ्जाल वा हस्ताक्षर अभियानमार्फत अघि बढाउनुको सट्टा पार्टीको विधान र प्रक्रियाअनुसार समाधान खोज्नुपर्ने ओलीको भनाइ रहेको थियो।
अध्यक्ष ओलीले पार्टीभित्र हुने गतिविधि अनुशासन र विधिको दायराभित्र रहनुपर्नेमा जोड दिएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top