रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सर्‍यो

rabilamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सारिएको छ।

यसअघि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारी थियो। तर आन्तरिक तयारीलगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो साताका लागि सारिएको स्रोतले जनाएको छ।

भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवरसमेत जाने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताएका छन्।

यसअघि उनको मानसरोवर भ्रमणबारे निश्चित जानकारी सार्वजनिक भएको थिएन।

चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ। यद्यपि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेटवार्ता नहुने स्रोतले जनाएको छ।

यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर फर्किएका लामिछानेले चीनमा पनि त्यस्तै उच्चस्तरीय भेटघाटको प्रबन्ध मिलाउने प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top