काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूले छुट्टै पार्टी बनाउने सम्भावना तत्कालका लागि अन्त्य भएको बताएका छन्।
सर्वोच्च अदालतले आधिकारिकता विवादमा पुनरावेदनको अनुमति दिएकाले छुट्टै पार्टी बन्ने अवस्था नरहेको उनले बताएका छन्।
पाँच पटक देशको नेतृत्व गरिसकेका शेरबहादुर देउवाले अब पार्टीमा युवा नेतृत्व स्वीकार्न सक्नुपर्ने बताएका शर्माले देउवाले विगतमा गरेका कामको प्रशंसा समेत गरेका छन्।
फेरि देउवा प्रधानमन्त्री बन्नुपर्छ भन्दै जयजयकार गर्नेहरूले उनको उचाइ नबढाउने समेत शर्माले बताएका छन्।
जेनजी विद्रोहका क्रममा देउवामाथि भएको आक्रमणको आफूहरूले विरोध गरेको समेत शर्माले बताएका छन्।






