पाँच वर्षभित्र आफ्नै भवन बनाउने नेपाल माझी महिला उत्थान सङ्घको घोषणा

काठमाडौं । नेपाल माझी महिला उत्थान सङ्घकी अध्यक्ष होमकुमारी माझी (सीजिका) ले आगामी पाँच वर्षभित्र सङ्घको आफ्नै जग्गा र भवन निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन्।

सङ्घको २६औँ स्थापना दिवस का अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष माझीले माझी समुदायका महिलाका लागि स्थायी संस्थागत संरचना निर्माण गर्ने लक्ष्य लिइएको बताएकी छन्।

उनले भवन निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहयोगको आग्रह गरिएको जानकारी दिएकी छन्।

आगामी पाँच वर्षभित्र सङ्घको आफ्नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरेकी छन्।

अध्यक्ष माझीले अबको पाँच वर्षभित्र माझी महिलाले कुनै पनि कार्यक्रम सञ्चालन गर्न पार्टी प्यालेस वा हल बुक गर्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छन्।

साथै, आफ्नै भवनबाट समुदायका सुख–दुःखका कार्यक्रम सञ्चालन गर्ने वातावरण सिर्जना गरिने विश्वास व्यक्त गरेकी छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top