काठमाडौं ।सरकारले संघीय संसद्का सदस्यलाई फेरि स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्न दिने निर्णय गरेको हो।
निर्णयबारे जानकारी दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यसअघि सांसदलाई दिइँदै आएको सुविधालाई निरन्तरता दिने उद्देश्यले निर्णय गरिएको बताइन्।
यसअघि खर्च कटौती र मितव्ययिता कायम गर्ने भन्दै तत्कालीन सरकारले सांसदहरूको स्वकीय सचिवको सुविधा हटाएको थियो।
अब भने सरकारले संघीय संसद्का सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै उक्त सुविधा पुनः लागू गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै अब संघीय संसद्का सदस्यहरूले नियमअनुसार स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्।






