काठमान्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनका मन्त्रीहरूलाई लक्षित गर्दै सम्पत्ति स्रोत सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
उनले फेसबुकमा प्रधानमन्त्रीलाइ लक्षित , अब धेरै बाचापत्र नल्याइ जति ल्याइएको छ त्यो पूरा गर्न आग्रह गरेका छन् । त्यसको साथै उनले प्रधानमन्त्री लगायत सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत खोल्न समेत आग्रह गर्दे त्यस विषयमा जनता समेत कुरिरहेको बताएका छन् ।”
गत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत प्रधानमन्त्रीसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर, विशेषगरी युवा उमेरमै रहेका मन्त्रीहरूसँग सुन, घरजग्गा र शेयर बजारमा करोडौं लगानी रहेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना र प्रश्न उठेका छन् ।
यस विषयलाई लिएर केही राजनीतिक दलका भ्रातृ संगठनहरूले सडक प्रदर्शनसमेत गरेका छन् ।






