प्रधानमन्त्रीलाई रक्षा बमले लेखिन् खुला पत्र , भन्छिन् ‘संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नुस्’

काठमाडौं । जेन्जि आन्दोलनकी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै सार्वजनिक रूपमा प्रश्नको उठान गरेकी छन् । उनले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीको औपचारिक सम्बोधन नआएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरेकी हुन् ।

उनले चुनाव जितेपछि जनतालाई धन्यवाद दिनु र परिवर्तनलाई स्वीकार्दै राष्ट्रलाई सम्बोधन गर्नु प्रधानमन्त्रीको दायित्व भएको उल्लेख गरेकी छन् । तर संसद्को पूरा अधिवेशन बित्दा पनि प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेको उनको गुनासो छ ।

“हामी तपाईंको आवाज सुन्न चाहन्छौं,” भन्दै उनले ‘कुरा कम, काम बढी’ भन्ने व्यक्तिगत धारणा भए पनि संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नु लोकतान्त्रिक कर्तव्य भएको बताएकी छन् । लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी शैलीभन्दा संस्थागत मूल्य–मान्यता र अभ्यास महत्वपूर्ण हुने उनले उल्लेख गरेकी छन् ।

बमले जनतालाई केवल प्राविधिक समाधान मात्र नभई नेतृत्वको मनोवैज्ञानिक साथ पनि आवश्यक हुने धारणा व्यक्त गरेकी छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top