काठमाडौं । स्याङ्जाकी २२ वर्षीय सुस्मिता चापागाईंले ६ महिनाको छोटो समयमात्रै लोकसेवाको तयारी गरेर पाँचौँ तह(नायब सुब्बा) बनेकी छन् ।
कानुन पढिरहेकी सुस्मिताले विभिन्न समस्याका बाबजुद पनि छोटो समयमै कठिन मानिने लोकसेवाको परीक्षा पास गरेर सफलता हासिल गरेकी हुन् ।
सानै उमेरमा सफलता चुमेकी उनको संघर्षको यात्रा निकै प्रेरणादायी छ । उनले लोकसेवा तयारी गर्दाका कठिन घडीहरूलाई जीवनकै चुनौतीपूर्ण क्षणको रूपमा चित्रण गर्छिन् ।
लोकसेवामा नाम निकाल्न पढाई मात्र नभएर पढ्ने तौरतरिकाहरूको पनि उत्तिकै भूमिका रहेको उनको तर्क छ । उनले आफ्नो लोकसेवाको यात्राबारे कार्यक्रम युवा आवाजमा खुलेर कुराकानी गरेकी छन् ।
प्रस्तुत छ, नासु सुस्मिता चापागाई र तपाईको आवाजकर्मी सुजाता श्री बिचको कुराकानी :






