सेयर बजारमा गिरावट कायमै, १६८ कम्पनीको मूल्य घट्यो 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा गिरावट कायमै रहेको छ । आज नेप्से परिसूचक ५ दशमलव १५ अंकले घटेर २५४० दशमलव ५७ को विन्दुमा पुगेको छ ।
आइतबार ३३७ कम्पनीका ४७ हजार १७६ पटकको कारोबारमा ७९ लाख ५७ हजार ०५६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ रुपैयाँ रहेको छ । ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top