काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
शुक्रवार काठमाडौँ फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष राईले सरकारले केही गर्ने कोशिस गरेपनि जनताले महसुस हुनेगरी परिणाम दिन नसकेको दाबी गरेका छन् ।
उनले महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराएका छन् ।
सरकारले सय दिनमा गरेका कामहरूको जनताले महसुस नगरेजस्तो आफ्नो अनुभूति रहेको अध्यक्ष राईको भनाई रहेको छ । ।
उनले ‘कोशिस उहाँहरूले गर्नुभएको तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस नभएको बताउदै महँगीहरू धेरै भयो अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको बताएका छन् ।






