प्रतिनिधिसभाबाट गरियो तीन अध्यायदेश स्वीकृत

काठमाडौँ । आज बसेको प्रतिनिधिसभा बैठकबाट तीन अध्यायदेश स्वीकृत भएको छ ।

सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको व्यहोरा जानकारी गराएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top