काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थन गर्दै निर्वाचन अघि नै राष्ट्रिय समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीले पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति समर्थन जनाएको हो ।
शाहले प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा देशवासीको नाममा सन्देश छाड्दै निर्वाचन अघि राष्ट्रिय समस्या समाधान गर्नुपर्ने बताएका थिए ।
राप्रपाको विज्ञप्तिमा लेखिएको छ, “पहिला राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाए मात्र निर्वाचनमा जाँदा त्यसले सही बाटो समात्ने थियो भन्ने अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब हो । सो कुराको राष्ट्रिय प्रजातन्त्र पार्टी स्वागत र समर्थन गर्दछ ।”







