गणतन्त्र अझै खतरामुक्त छैनः अशोक राई

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संघीयता, लोकतन्त्र र गणतन्त्र अझै खतरामुक्त भइनसकेको बताएका छन्।

बिहीबार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा अहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने कोशिस भइरहेको बताएका हुन्।

उनले गणतन्त्रमाथि धावा बोल्ने प्रवृत्तिको अन्त्य गर्दै व्यवस्थाको सुदृढीकरणका लागि आवश्यक सुधारका कामहरु गर्न जरुरी रहेको बताए।

उनले सबै समुदायलाई लोकतान्त्रिक अभ्यासमा सहभागी गराउँदै वर्तमान व्यवस्था र संघीयतालाई सुरक्षित गर्नुपर्नेमा जोड दिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top