अलास्कामा ट्रम्प-पुटिनको वार्ता निष्कर्षविहीन

शुक्रबार अलास्काको एन्करेजस्थित संयुक्त सैन्य अड्डामा दुई राष्ट्रपतिबीच स्थानीय समयअनुसार साढे ११ बजे सुरू भएको बैठक साढे २ बजेसम्म चलेको थियो ।

उनीहरुको वार्तामा युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको थियो । तर उनीहरुको वार्तामा कुनै सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि छलफलपछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताए ।

‘केही प्रगति भएको छ । धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,’ ट्रम्पले भने । तर के-के बुदाँमा सहमति भयो उनले खुलाएनन् ।

त्यस्तै पुटिनले पनि केही बुँदामा सहमति भएको बताए तर त्यो सहमति के हो भन्नेबारे बोलेनन् । पुटिनले भने- ‘हामी अपेक्षा गर्छौं कि किएभ र युरोपेलीहरूले यसलाई सकारात्मक रूपमा लिनेछन् र अवरोध खडा गर्ने छैनन् ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top