काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार ती पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका हुन्।
घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उनको उद्धार गरिएको थियो। घाइते पुरुषलाई उपचारका लागि तत्काल वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने पुरुषको परिचय अझै खुल्न नसकेको बताइएको छ ।
उनले आत्मदाहको प्रयास गर्नुको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






