हर्क साम्पाङलाई रास्वपा समर्थकको ज्यान मार्ने धम्की

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले रास्वपा समर्थकबाट आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का समर्थकबाट यस्तो धम्की आएको दाबी गर्दै तस्बिर सार्वजनिक गरेका हुन् । उनले राखेको स्क्रिनसटमा ‘सुनिता खड्का’ नामको आईडी देखिएको छ ।

साम्पाङले धम्की दिने व्यक्तिविरुद्ध आजै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिने तयारी गरिरहेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा यो रास्वपाको समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की देको रैछ ! यही हो त रास्वपाको समर्थकको लाइन ? आजै cib मा उजुरी लगाउँदैछौँ ! हेरौँ cib ले काम गर्छ कि गर्दैन ! सरकारको एक पक्षिय दादागिरी रहे देश अराजकताले निल्नेछ !”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top