सरकारले हाम्रो पेशा र अधिकारको संरक्षण गरोस् : अध्यक्ष माझी

काठमाडौं । बालेन सरकारलाई नेपाल माझी उत्थान संघकी अध्यक्ष चिनिमाया माझीले माझी समुदायको पेशा र अधिकार संरक्षण गर्न माग गरेकी छिन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले सरकारले अति सीमान्तकृत माझी समुदायको संरक्षणमा ध्यान दिनुपर्ने बताएकी हुन् ।

उनले लेखेकी छिन्, “नेपालका आदिवासी जनजाति समुदायमध्ये माझी समुदाय नदी, जल र प्रकृतिसँग जोडिएको प्राचीन समुदाय हो । तर आजसम्म पनि हाम्रो समुदाय सामाजिक, आर्थिक र शैक्षिक हिसाबले पछाडि परेको अवस्था छ । त्यसैले सरकारले हाम्रो समुदायको संरक्षण गर्नुपर्छ ।”

यस्ता छन्, उनले राखेका मागहरू :
१. माझी समुदायको परम्परागत पेशा र नदीसँगको अधिकार संरक्षण गरियोस,
२. माझी भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न राज्यले विशेष कार्यक्रम ल्याओस्,
३. माझी समुदायका युवायुवतीका लागि शिक्षा, छात्रवृत्ति र रोजगारीका अवसर सुनिश्चित गरियोस्,
४. नदी किनारमा बसोबास गर्ने माझी परिवारका लागि सुरक्षित आवास र जीवनयापन कार्यक्रम सञ्चालन गरियोस्,
५. माझी समुदायको पहिचान, प्रतिनिधित्व र सहभागिता राज्यका सबै तहमा सुनिश्चित गरियोस् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top