रास्वपा उम्मेदवार सोम शर्माको घोषणापत्र : समृद्धिको लागि १२ ‘स’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्माले ‘समृद्धिका लागि १२ स’ स्लोगनसहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं २ बाट टिकट पाएका शर्माले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि यस्तो पत्र सार्वजनिक गरेका हुन् ।
उनको प्रतिबद्धता पत्रमा सुशासनदेखि समृद्धिसम्मका १२ क्षेत्रलाई केन्द्रमा राखिएको छ ।
जसमा सुशासन, सक्षमता र सुधार, सबल, समावेशी र सहभागितामूलक सङ्घीयता, संरचनागत सुधार तथा विकास, समुन्नत कृषि, सुरक्षित समाज र सुशासन, स्वस्थ नागरिक र सर्वसुलभ स्वास्थ्य सेवा, स्तरीय शिक्षा र सीप विकास, स्वदेशी उत्पादन, प्रवर्द्धन र उद्यमशीलता, सक्षम, सबल र स्वरोजगारमुखी अर्थतन्त्र, सुशासनमार्फत विश्वासको बहाली, समावेशी समाज र सही नीति, सही नेतृत्व र समृद्धि लेखिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top