पूर्व प्रधानमन्त्री ओलीको रिहाइ माग गर्दै सडकमा उत्रिए एमाले कार्यकर्ता

काठमाडौं । एमालेले आज पनि ओलिको रहिाइको लागि राजधानीको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाउँदै अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको आरोप लगाएका छन् ।
उनीहरुले अध्यक्ष ओलीलाई तत्काल रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।

अध्यक्ष ओलीलाई बिना शर्त रिहा नगरिएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top