नापजाँच भएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए जग्गाधनी पुर्जा

lalpurjaa

काठमाडौं । नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।

नापी कार्यालय धनुषाले साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मै सम्पन्न गरेको थियो ।

तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लामो समयसम्म पुर्जा वितरण हुन सकेको थिएन ।

आवश्यक प्रक्रिया पूरा गरेपछि नापी कार्यालयले हाल ११० थान जग्गाधनी पुर्जा वितरण गरेको हो ।

पुर्जा पाएसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ११० परिवारले आफ्नो जग्गाको औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

स्थानीयका अनुसार वर्षौंदेखि जग्गाको स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका परिवारले पुर्जा पाएपछि आफ्नो सम्पत्तिको कानुनी अधिकार सुनिश्चित भएको बताएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top