‘काभ्रेमा अनुमतिबिना गोप्य भिडियो खिचेर सार्वजनिक गर्नेको खोजी कहाँ पुग्यो र ?’

bashumaya-tamang

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद बसुमाया तामाङले प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समयमा काभ्रेमा एक प्रहरी र युवतीको गोप्य भिडियो खिचेर सार्वजनिक गरिएको घटनाप्रति संसद‌मा आपत्ति जनाएकी छन् ।

तामाङले सम्बन्धित व्यक्तिको अनुमतिबिना गोप्य रूपमा भिडियो खिच्नु र त्यसलाई प्रसारण गर्नु व्यक्तिको गोपनीयताको हक विपरीत र कानुनी रूपमा दण्डनीय अपराध भएको बताइन् ।

‘काभ्रेमा एक प्रहरी र युवतीको गोप्य भिडियो खिचियो, जुन व्यक्तिगत गोपनीयताको हकको ठाडो उल्लङ्घन हो,’ सांसद तामाङले भनिन्, ‘नेपालको संविधान, ऐन र कानुन अनुसार कसैको अनुमतिबिना गोप्य भिडियो खिच्नु र सार्वजनिक गर्नु वर्जित छ ।’

प्रहरीले भिडियो खिचेर बाहिर ल्याउने व्यक्तिको खोजी भइरहेको बताए पनि ठोस प्रगति नदेखिएकोमा उनले प्रश्न उठाउदै भनिन्, ‘प्रहरीले व्यक्तिको खोजी भइरहेको त भनिरहेको छ, तर त्यो खोजबिन कहाँ पुग्यो रु परिणाम किन आइरहेको छैन र ? ’

सांसद तामाङले यस्तो भिडियो सार्वजनिक हुँदा सम्बन्धित व्यक्तिहरूको सामाजिक र मानसिक स्वास्थ्यमा परेको गम्भीर असरको जिम्मेवारी कसले लिने भन्दै सरकारसँग प्रश्न राखिन् ।

उनले भनिन्, ‘अनुमतिबिना भिडियो बाहिर ल्याउँदा उनीहरूमा परेको मानसिक र सामाजिक असरको जिम्मेवारी कसले लिने रु यसरी व्यक्तिको मानमर्दन गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइनुपर्छ ।’

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top