काठमाडौं । आज नेपालको अति सीमान्तकृत माझी समुदायले सामूहिक रुपमा लदी पर्व मनाएका छन् । प्रत्येक फागुनको साइँली मंगलबार पर्ने लदी पर्व माझी जातिको महान् चाड हो ।
लदी पर्वमा माझीहरूले जलदेवी, सेतीदेवीको आराधना गरी कोशी नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा, परेवाको पञ्चवली दिने परम्परा छ । प्रकृति पूजक यो समुदायले नदी किनारका ढुङ्गाको देउता, पानी, डुङ्गा, माछा मार्ने जाल, फुरुंगो लगायतलाई विधिवतरुपमा पूजा गर्ने गर्दछन् ।

माझी समुदायले पुस्तौँदेखि गर्दै आएको पेसा डुङ्गा तार्दा, माछा मार्दा कुनै किसिमको बाधा र मानवीय क्षति नहोस् भन्ने कामना गर्दै कोसी नदीमा पूजा गर्ने चलन रही आएको छ ।
वि.सं. २०७८ को जनगणनाअनुसार माझी जातिको जनसंख्या १ लाख ११ हजार ३५२ अर्थात ० दशमलव ३८ प्रतिशत रहेको छ ।
तस्बिरहरू:









