बैंक तथा वित्तीय संस्थाबाहेक कम्पनीका सेयरमा प्रत्येक कम्पनीले सामान्यतः एउटै सिम्बोल र आइजिन पाउँछन् । तर, सीडीएससीको प्रबन्ध निर्देशकमा प्रविन पन्दाक नियुक्त भएपछि त्यस अभ्यासविपरीत आइजिन मर्ज नै रोकिदिएकी छन् ।
१३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईएसआईएन) लाई छोटकरीमा ‘आइजिन’ भनिन्छ । प्राथमिक बजारमा निष्कासन भइसकेपछि धितोपत्रलाई अभौतिकीकरण (विद्युतीयकरण) का लागि दर्ता गर्दा नै यो नम्बर प्रदान गरिन्छ ।
एउटा कम्पनीको सेयरलाई एउटा आइजिन दिइन्छ, त्यहीं कम्पनीको डिबेन्चरलाई अर्को आइजिन दिइन्छ । हरेक कम्पनीका फरक फरक किसिमका धितोपत्रले सीडीएससीबाट फरक फरक पहिचान नम्बर पाएका हुन्छन् ।



