काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले बुधबारको प्रतिनिधि सभाको बैठकमा कैलालीमा लागुऔषध दुर्व्यसन भयावह बन्दै गएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
लागुऔषध दुर्व्यसनका कारण अन्य समस्या समाजमा चोरी, डकैती, झैझगडा र लुटपाट जस्ता घटना बढेकाले यसको नियन्त्रणका लागि उनले गृह मन्त्रालयको ध्यानाकर्षण गराए।
‘कैलालीको खुला सीमा र जङ्गल क्षेत्रमा लागुऔषधको कारोबार हुने लागुऔषध दुर्व्यसनका कारण हजारौँ युवाको जीवन बर्बाद भइरहेकाले सरकारको ध्यान जान जरुरी छ।’
उनले भने ‘सदनमा बोल्दै खनालले कैलालीमा पछिल्लो समय जङ्गल क्षेत्रमा लागुऔषध दुर्व्यसन भयावह र व्यापक भएको गुनासो अनइरहेको छ, त्यहाँ लागुऔषधमा परेर युवाहरूबिच झैझगडासमेत बढेकाले लागुऔषधको ओसारपसार र प्रयोग नियन्त्रणमा सक्रियता बढाउनु पर्छ ।’ भन्दै सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।






