काठमाडौं । लामो समयदेखि न्यायको खोजीमा संघर्षरत बिनु यादव फेरि सडक आन्दोलनमा उत्रिएकी छन्।
आफूमाथि भएको यौन हिंसा, जबरजस्ती गर्भपतन र त्यसपछिको न्यायिक प्रक्रियामा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनी लामो समयदेखि सरकारी निकाय र अदालत धाउँदै आएकी छन्।
न्याय नपाएको गुनासोसहित यादवले माइतीघर, वसन्तपुरदेखि सिंहदरबार आसपाससम्म पटक–पटक धर्ना, प्रदर्शन र अनशन गर्दै राज्यको ध्यानाकर्षण गराउँदै आएकी छन्। उनको माग, चित्त दुखाई र जीवन भोगाइका बारे तपाईँको आवाजकर्मी सूजाता श्रीले कार्यक्रम युवा आवाजमा विशेष कुराकानी गरेकी छन् ।
संघर्ष, पीडा र न्यायका लागि लडिरहेको यात्राबारे विस्तृत कुरा भिडियोमा हेर्न सकिन्छ।






