काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायसँग क्षमायाचना मागेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले क्षमायाचना मागेका हुन् । उनले दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायमाथि गरेको विभेद संगठित अपराध भएको बताए ।
लामिछानेले अब जातका नाममा झुक्नुनपर्ने बताएका छन् ।






