काठमाडौं । नेपाल माझी महिला उत्थान संघको अध्यक्षमा सिजिका माझी निर्वाचित भएकी छिन ।
काठमाडौंमा सम्पन्न संघको पाँचौं राष्ट्रिय महाधिवेशनले माझीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा सिसन माझी, महासचिवमा पदममाया माझी, सचिवमा सुनिता माझी र कोषाध्यक्षमा सावित्री माझी नियुक्त भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा राधिका माझी, कमला माझी, सरु माझी, पार्वती माझी, अनुशा माझी र शोभा माझी नियुक्त भएका छन् ।
अध्यक्षमा नियुक्त भएपछि सिजिका माझीले संस्थालाई माझी महिलाको सशक्तीकरण र हकहितका लागि काम गर्दै नयाँ उचाईमा पुराउने प्रतिबद्धता व्यक्त गरिन ।
संस्थाको पाँचौ महाधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष – होम कुमारी माझी (सिजिका),ओखलढुंगा
उपाध्यक्ष – सिसन माझी, मकवानपुर
महासचिव – पदम माया माझी, झापा
सचिव – सुनीता माझी, सिन्धुली
कोषाध्यक्ष – सावित्री माझी, काभ्रेपलान्चोक
सदस्य – राधिका माझी, नुवाकोट
सदस्य – कमला माझी, लमजुङ
सदस्य – सरु माझी, पर्वत
सदस्य – पार्वती माझी, मोरङ
सदस्य – अनुशा माझी, धादिङ
सदस्य – शोभा माझी, महोत्तरी







